Skip to content

सुनको मूल्यमा दैनिक नयाँ कीर्तिमान, तोलाको १ लाख ९० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा खरदि बिक्री भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्