Skip to content

६५०० सय एमएएच ब्याट्री क्षमता भएको ‘भिभो वाई–२९’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

nabil bank

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले वाई–सिरिज अन्तर्गतको भिभो वाई–२९ स्मार्टफोन सार्वजनिक गरेको छ। आइतबार एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरेको हो। यो फोनको मुख्य विशेषता ६५०० एमएएच क्षमताको ब्याट्री हो।

ठूलो क्षमताको ब्याट्री भए पनि फोनको डिजाइन पातलो छ। ग्राहकले यो फोनमा ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ सुविधा पनि पाउनेछन्।

ग्राहकले ब्याट्रीमा ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टी दिएको छ। भिभो वाई–२९ को डिजाइनमा नयाँपन देखिन्छ। ग्राहकले यसमा ६।६८ इन्च डिस्प्ले पाउनेछन्।

यो नोबल ब्राउन र एलिगन्ट ह्वाइट गरी दुई रङमा पाइन्छ। यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले गुणस्तरीय फोटो तथा भिडियो खिच्न सघाउँछ। फोनको पछाडि भागमा ५० मेगापिक्सलको क्यामरा जडान गरिएको छ।

त्यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको क्यामरा जडान गरिएको छ। फोनमा एआई फिचर्स पाउन सकिन्छ। त्यस्तै, फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट सुविधा दिइएको छ।

फोन ८ जीबीर१२८ जीबी र ८ जीबीर२५६ जिबी क्षमतामा पाइन्छ। फोनको मूल्य क्रमशः २४ हजार ९ सय ९९ र २६ हजार ९ सय ९९ रूपैयाँ छ। भिभो वाई–२९ भिभोको सबै रिटेल स्टोर र दराज अनलाइनमा पाइन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi