Skip to content

एनआरएनएको एकता महाधिवेशनको तयारी तिब्र, ६३ हजारभन्दा बढीले लिए सदस्यता

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महावधिवशनको तयारी तिब्र रुपमा भइरहेको उच्चस्तीय समितिले जनाएको छ । समितिले आज पत्रकारसम्मेलन गर्दै वैशाख २० गतेदेखि हुने महाधिवेशनको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिएको हो ।

सर्वोच्च अदालतको परमादेशपछि गठन भएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आगामी वैशाख २० मा काठमाडौंमा एकता महाधिवेशन हुने र त्यसको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिएको हो । समितिका संयोजक तथा पूर्व अध्यक्ष डा. शेष घलेले सबैको मेहनतले यो अवस्थासम्म आएकाले निश्पक्ष रुपमा महाधिवेशन सम्पन्न हुने बताए । नयाँ एनआरएन बनाउने भन्दै उनले नेपालमा महाधिवेश हुँदा आर्थिक चलायमानता पनि बढ्ने बताए । महाधिवेशन सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

एकता महाधिवेशनलाई समावेशी र फराकिलो बनाउने उद्देश्यले निःशुल्क सदस्यता अभियान सञ्चालन गरिएको थियो । वेबपोर्टलमार्फत १६ हजार २८३ जनाले सदस्यताका लागि आवेदन दिएका छन् भने विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) मार्फत आएको संख्या समेत जोड्दा हालसम्म ६३ हजार ३५९ जनाले सदस्या लिइसकेको समितिका सदस्य जानकी गुरुङले जानकारी दिइन ।

महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन २ हजार ५०० भन्दा बढीले निवेदन दिइसकेको उच्चस्तरीय समितिका सदस्य सचिव रविना थापाले जनाकारी दिइन् । प्रतिनिधिका रूपमा सहभागी हुन आवेदन दिने अन्तिम म्याद वैशाख ९ गते राति ११ः५९ बजे सम्म तोकिएको उनको भनाइ छ । प्रतिनिधिहरूले भौतिक रूपमा काठमाडौं उपस्थित भई नयाँ विधान निर्माण र कार्यसमिति चयन प्रक्रियामा भाग लिने उनको विश्वास थियो ।

महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद–आईसीसी) चयन गर्न वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन भइसकेको छ । समितिमा सेवा निवृत्त मेजर डमर घले र अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् । निर्वाचन प्रक्रिया पारदर्शी बनाउन पूर्वअध्यक्ष दैवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको पनि उनले जानकारी दिइन् ।

पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सदस्याता समस्या र डेलिकेट चयनमा आफ्नो अनुकुलको व्यक्ति छनोट गर्ने प्रक्रियाले समस्या भएको भन्दै अबको एकता महाधिवेशनबाट यी समस्या सधैका लागि समाधान हुने गरी काम भइरको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime