Skip to content

यस वर्ष विश्व अर्थतन्त्र खराब हुनसक्ने आईएमएफको अनुमान

 

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रका लागि नयाँ अनुमान प्रस्तुत गरेको छ। आईएमएफले मंगलबार सन् २०२५ को आर्थिक वृद्धिबारे ट्यारिफमा भएको वृद्धि र अनिश्चितताको कारण यसमा उल्लेखनीय गिरावट देखिने अनुमान गरेको छ ।

आफ्नो वैश्विक अनुमानमा आईएमएफले यस वर्ष विश्वको अर्थतन्त्र २.८ प्रतिशतको दरले वृद्धि हुनसक्छ । यसअघि यो अनुमान ३.२ प्रतिशत राखिएको थियो।

अमेरिकाको आर्थिक वृद्धिबारे आईएमएफले यो यस वर्ष १.८ प्रतिशत रहन सक्छ, जबकि पहिले यसको अनुमान १.७ प्रतिशत थियो।

त्यस्तै, आईएमएफले चीनको आर्थिक वृद्धि दर यस वर्ष ४ प्रतिशत हुन सक्ने बताएको छ। यसअघि यसको अनुमान ४.६ प्रतिशत थियो।

यसमा बेलायतको अर्थतन्त्रको वृद्धिको अनुमान पनि गरिएको छ, जुन पहिलेको १.६ प्रतिशतबाट घटेर १.१ प्रतिशत हुन सक्नेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोष एक महत्वपूर्ण संस्था हो, जसले विश्वभरको अर्थतन्त्रलाई स्थिर राख्न प्रयास गर्दछ । यो संस्थाले आर्थिक गतिविधिमाथि निगरानी राख्दछ र सदस्य राष्ट्रहरूलाई आर्थिक मामिलामा सल्लाह प्रदान गर्दछ।

आईएमएफ आर्थिक सङ्कटको सामना गरिरहेका देशहरूलाई सर्ट ट्रम लोन र सहयोग प्रदान गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi