Skip to content

अमेरिकाको दाबीमा चीनले भन्यो, वार्ता भएको छैन, ट्यारिफ हटाउने पहिलो सर्त

एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साँच्चिकै दुई देशबीचको व्यापार युद्ध समाधान गर्न गम्भीर छन् भन्ने संकेतस्वरूप अमेरिकी बजारमा प्रवेश गर्ने चिनियाँ सामानमा लगाइएको व्यापक ट्यारिफ (आयात कर) हटाउन आग्रह गरेको छ । चिनियाँ एक अधिकारीले अमेरिकी प्रशासनको दाबी विपरीत हालसम्म अमेरिका र चीनबीच कुनै व्यापार वार्ता भएको छैन ।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध झनै चर्किँदै गएको छ । चीनले हालै अमेरिका निर्मित बोइङ विमानहरू फिर्ता पठाएर आयात करको जवाफी कारबाही गरेको छ । तर ट्रम्पले आफ्नो अडान केही लचिलो बनाएका छन् । उनले अहिलेसम्म चिनियाँ आयातमा लगाइएको कर धेरै हदसम्म घट्नेछ, तर शून्य हुँदैन भनेका छन् ।
चीन र अमेरिकाबीचको व्यापार युद्ध तीव्र रूपमा चलिरहेको छ । ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत सम्मको आयात कर लगाएका छन् भने चीनले अमेरिकी सामानमा १२५  प्रतिशत सम्मको कर लगाएर जवाफ दिएको छ ।
व्यापार युद्धबारे चीनको हालसम्मकै कडा भनाइमा वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले भने, “यदि अमेरिकाले साँच्चै यो समस्या समाधान गर्न चाहन्छ भने उसले चीनविरुद्ध लगाइएका सबै एकपक्षीय ट्यारिफ मेटाउनुपर्छ, घण्टी बाँध्नेले नै घण्टी खोल्नुपर्छ ।”
यस्तै, चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गोउ जियाकुनले भने चीन र अमेरिका बीच ट्यारिफबारे “कुनै पनि परामर्श वा वार्ता भएका छैनन्, सम्झौता त झनै भएको छैन ।” उनले त्यस विपरीत रिपोर्टहरूलाई गलत  बताएका छन् ।
ट्रम्पले पहिले दुवै देशबीच वार्ता सक्रिय रूपमा चलिरहेको दाबी गरेका थिए । तर अमेरिकी ट्रेजरी सचिव स्कट बेस्सेन्टले बुधबार भने वार्ता अहिलेसम्म सुरु नै नभएको बताएका छन् । बेस्सेन्टले दुई देशबीच ठूलो सम्झौता  हुने सम्भावना रहेको बताएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi