Skip to content
Prabhu

सहकारी प्रकरणमा छुटेका दिपेश पुन सुन काण्डमा पक्राउ

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा धरौटी रकम बुझाएर तारिखमा रिहा भएका दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईब) टोलीले रिहा भएलगत्यै नियन्त्रणमा लिएको हो ।

सुन तस्करीको विषयमा समेत पुन आरोपी रहेको अनुसन्धान भएको हुँदा पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

पुनलाई वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै रहदै आउनु भएको थियो । धरौटी रकम बुझाई आज रिहा भएपनि सुन प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै सिआइबीले तत्कालै पक्राउ गरेको हो ।
पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal