Skip to content
Prabhu

पशु चिकित्सकको सिफारिसमा वाइवाइमाथी महानगरको कारवाही, चाउचाउमा ०.५ % एसिड भ्यालुको तेल प्रयोग नहुँने

काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गर्‍यो ।

कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको काठमाडौं महानगरले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्ने उल्लेख छ ।

महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।

पशु चिकित्सकको हस्ताक्षरमा सहित महानगरले तिराएको जरिवाना

चाउचाउको विक्रीसँग सम्बन्धित एस के इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपाल हुने पत्रमा उल्लेख छ ।

काठमाडौं महानगरले पशु चिकित्सकको सिफारिसमा वाइवाइ उत्पादन गर्ने कम्पनीलाई जरिवाना तिराएको भन्दै आलोचना भएको छ । खाद्य विज्ञले हेर्नुपर्ने भएपनि महानगरले पशु चिकित्सकको सिफासिमा कारवाही भएको पत्र दिएको छ ।

चाउचाउ उद्योगमा नेपाल तथा अफ्रिकाको अनुभव भएका हिक्मत थापाले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिदै रिपोर्टमा देखिएको एसिड भ्यालुको विवरणले यो रिपोर्ट सामान्य लागेन । जुन सामान्यत चाउचाउमा नआउने प्रतिक्रिया दिए ।

“ पानीमा ओसाएर धेरै समय सम्म खुल्ला राख्दा त्यो भ्यालु आउला । वाईवाई वा अन्य चाउचाउमा चाउचाउ उधोगमा ०।५ प्रतिशतभन्दा एसिड भ्यालु भन्दा बढीको तेल प्रयोग गरिदैन । यो स्टन्ट जस्तो लाग्यो ।”

थापाका अनुसार साच्चिकै यहि रिपोर्ट भए कारवाही गनुपर्ने भएपनि यस्तो वास्तविकता नभएको दाबी गरे । “यो वास्तविक हैन । स्टन्ट मात्र हो । त्यति एसिड भ्यालु चाउचाउको इक्स्ट्राक्टेड तेलमा पुग्नु ओसिएर , खुला राखिएको पकेटमा पनि महिनौं दिन लाग्छ । सामान्यत वाइवाई र अन्य कुनै चाउचाउ उधोगले १ प्रतिशत भन्दा बढी एभी भएको तेल प्रयोग गर्दैनन्।”

नेपालबाट निर्यात हुने विदेशमा नेपाली वस्तु उत्पादन हुनेमा वाइवाइ चाउचाउ पर्छ ।

सीजीले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट वाइवाइको उत्पादन सुरु गरेको थियो । नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो । आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सको वृद्धि पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुदै गएको छ ।

कच्चा सामान फ्याक्ट्री पुग्नु अघि देखिनै सीजीले गुणस्तरमा ध्यान दिएको हुन्छ र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्दछ । प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नु अघि गुणस्तर जाँचको मापदण्ड पुरा गरेको हुनुपर्छ ।

यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् । प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् ।

कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि ९¥यान्डम्ली० नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।

सीजी सँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याबगरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परिक्षण गरिन्छ ।

माथिका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित छन् । विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ । वाइवाइको सफलता धेरै वर्ष देखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal