Skip to content

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग महासंघका अध्यक्ष ढकालको माग

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सवमा निर्माण व्यवसायीहरुले सरकारबाट आफ्नो भुक्तानी चाँडै पाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

आज हेटौंडामा आयोजना भएको नेपाल निर्माण व्यवसायी महासंघ को २५औ वार्सिकोत्सवमा अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्ने बताए । निर्माण व्यवसायीको सरकारले ६० अर्बभन्दा बढी भुक्तानी दिनुपर्ने दायित्व बाँकी छ ।

हाल राज्यबाट व्यवसायीहरुलाई निर्माण कार्यको अर्बौं रकम भुक्तानी गर्न नसकेको हुँदा व्यवसायीहरुले आपूर्ति श्रृङ्खला (सप्लाई चेन), बैंक किस्ता एवं श्रमिकहरु लगायत करको ठूलो रकम भुक्तानी गर्न नसकी व्यवसायीहरु आर्थिक रुपमा समस्याग्रस्त रहेको उनले उल्लेख गरे । 

सरकारले भुक्तानीमा ढिलाइ गर्दा त्यसले परियोजनाहरूमा ढिलाइ हुन सक्नेतर्फ बुझ्न आवश्यक रहेको उनले बताए । कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकहरुबाट सजिलैसँंग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima