Skip to content

शुक्रबारभित्र अनिवार्य कागजात र दस्तुर बुझाउन एनआरएनए डेलिगेट्सहरूलाई निर्वाचन समितिको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि शुक्रबारभित्र अनिवार्य कागजात र दस्तुर बुझाउन आग्रह गरिएको छ ।

एनआरएनए निर्वाचन समितिले सूचना प्रकाशित गर्दै वैशाख १९ गते शुक्रबार अपराह्न २ बजेसम्म अनिवार्य कागजात र दस्तुर बुझाउन बाँकी रहेका डेलिगेटहरूलाई प्रमाण पुग्ने कागजात र दस्तुर बुझाउन आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका २ हजार ६४३ डेलिगेट (मतदाता) हरूमध्ये अहिलेसम्म ६२५ जनाको मात्रै प्रमाणीकरण भई वैशाख १५ गते प्रथम मतदाता नामावली प्रकाशन भई सकेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बाँकी रहेका २ हजार १८ डेलिगेटहरूलाई वैशाख १९ गते अपराह्न २ बजेसम्म समय दिइएको जानकारी दिए ।

शुक्रबार अपराह्न निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्नेछ भने शनिबार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।

‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ। त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौँ, समितिले भनेको छ।

निर्वाचन समितिले मतदाताको प्रारम्भिक नामावलीमा रहेका नामहरूमाथि यदि कसैले दाबी वा विरोध गर्न चाहेको खण्डमा सोही समयमा निवेदन दिन सक्ने प्रावधान रहेको पनि जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima