Skip to content

सुन तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

nabil bank
काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारएक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज एक तोला चाँदी एक हजार ९ सय १० मा खरिदबिक्री हुनेछ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime