Skip to content

अर्थमन्त्री पौडेलले बजेटका विषयमा प्रचण्डसँग गरे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।

‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सोमबार पौडेलले बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए। सरकारले जेठ १५ गते बजेट ल्याउने गरेको छ। अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T