काठमाडौं । नेपाली बजारमा बिहीबार सुन प्रतितोला ६०० रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।






प्रतिक्रिया दिनुहोस्