Skip to content

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु, २ जना गम्भीर घाइते

nabil bank

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले दुईजना गम्भीर घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकप्टरमा ६ यात्रु र पाइलट थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन्। दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi