Skip to content
Prabhu

देशभरका अशक्त र गरिबको उपचार काठमाडौँ महानगरले गर्छः बालेन

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले देशभरका असक्त र गरिबको उपचार काठमाडौँ महानगरपालिका अन्तर्गतका अस्पतालमा  हुने बताएका छन् । आज सामाजिक सञ्जालमा  सूचना जारी गर्दै बालेनले काठमाडौँ महानगरपालिकासँग ४३ अस्पतालमा ३२३ शय््या निःशुल्क उपलब्ध  भएको उल्लेख गर्दै उक्त जानकारी दिए ।
“नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईंको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला”, उनले भने ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal