Skip to content

गभर्नर नियुक्तिमा भद्दा राजनीतिक लालसा देखाईयो– सांसद ढकाल, रुलिङ गर्न सभामुखलाई आग्रह

काठमाडौं । सांसद हरि ढकालले भद्दा राजनीतिक लालस देखाइएर सरकारले महिनौंसम्म गभर्नर नियुक्ति नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद ढकालले मौद्रिक नीतिको कार्यान्वयन गर्ने निकाय, त्रैमासिक रुपमा मौद्रिक नीतिको समीक्षा गर्ने निकाय, वित्त बजार र मुद्रा बजारलाई नियमन गर्ने सर्वोच्च निकायमाथि सरकारले भद्दा राजनीतिक लालस देखाइएको दाबी गरे ।

महिनौं दिन बितिसक्दा पनि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गर्न नसक्नु चिन्ताको विषय भएको बताए । उनले गभर्नर नियुक्तिमा दलिय भागबण्डको विषय छताछुल्ल बनाएको उल्लेख गरे ।

‘अहिलेको जटिल अवस्थामा रहेको अर्थतन्त्र र त्यो अर्थतन्त्रलाई चलायमान बनाउन पक्कै पनि राष्ट्र बैंकको भूमिका हरेक एक एक दिन महत्वपूर्ण हुन्छ’ उनले भने, ‘ग्रे लिस्टमा फसेको देश, त्यो देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि पनि राष्ट्र बैंकको नेतृत्वको एक एक दिनको भूमिका महत्वपूर्ण छ ।’

यस्तो जटिल अवस्थामा दलिय भागबन्डाको विषय बनाएर गभर्नर नियुक्ति नभएको भन्दै सभामुखलाई सरकारलाई गभर्नर नियुक्ति तत्काल गर्न रुलिङ गर्न माग गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi