Skip to content

बजेट विनियोजन र कार्यान्वयनमा खाडल पुर्ने अर्थमन्त्री पौडेलको घोषणा

nabil bank

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बजेट विनियोजन र कार्यान्वयनमा देखिएको खाडल पुर्न आफूले चाहेको बताएका छन्।

सेजन प्रि बजेट राउन्डटेबल कार्यक्रममा बोल्दै उनले बजेट कार्यान्वयनमा देखिएको खाडल ‘खन्न’ भन्दा पनि यसलाई पुर्नु नै आफ्नो प्राथमिकतामा रहेको बताए। उनले शिक्षाको माग पूरा गर्न दायित्व बढेको र साधारण खर्चको दायरा विस्तार भएको बताए ।

उनले चेतावनी दिँदै भने, ‘आगामी दिनमा स्वास्थ्य बिमा प्रभावकारी नबनाउने हो भने समस्या उत्पन्न हुनेछ।’ साथै, दशकौंदेखि पूरा नहुने बहुवर्षीय आयोजनाहरू रहेको र यसको बजेट बढाउनु चुनौतीपूर्ण भएको उल्लेख गरे।

अहिले सरकार बजेट निर्माण प्रक्रियामा छ, तर यसमा ‘समस्या नै समस्याको चाङ’ रहेको उनको भनाइ छ। हुलाकी सडक, मदन भण्डारी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग जस्ता प्रमुख आयोजनाहरू निर्माण गर्न र बसाईसराई रोक्न आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले सरकारी खर्च नगर्दा आम्दानी बढ्न नसक्ने बताए। उनले भने, ‘बिनियोजन बढ्यो, खर्च घट्यो’  आर्थिक वर्ष २०४७/४८ र २०६३/६४ मा १००% भन्दा बढी खर्च भएको तर २०७६/७७ मा मात्र ७७% खर्च भएको उल्लेख गरे। नयाँ संविधान पछि पनि ८०% भन्दा कम बजेट कार्यान्वयन हुने गरेको उनको भनाइ छ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले बजेट ठूलो हुने तर कार्यान्वयन कमजोर हुने प्रवृत्ति कायम रहेको बताए। उनले आयोजना बैंकमा १८ हजार आयोजनाको माग रहेको, तर पछि यो ७ हजारले बढेको र पुँजीगत खर्च अझै कमजोर रहेको बताए।

श्रेष्ठले बजेट माग बढ्ने तर खर्च गर्न तयारी नहुने समस्या समेत उल्लेख गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime