काठमाडौ । उपप्रधान तथा मन्त्री विष्णु पौडेलले अन्तिम समयमा आएको सुझावको चाङ कति हेर्न, विश्लेषण गर्न सकिने हो भन्नेमा प्रश्न रहेको बताए । तथापि उपयुक्त तथा सम्भव हुने सुझाव ग्रहण गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ का पूर्व बजेट छलफल कार्यक्रममा उनले बजेटमा राख्दा कतिपय सुझाव उपयुक्त हुने तर सम्भव नहुने, कुनै सम्भव हुने उपयुक्त नहुने बताए ।
अर्थतन्त्रको शिथिलता कसरी चिर्ने भनेर छलफल गर्दा केही काननु संशोधन गरेको बताए । समग्र अर्थतन्त्रको सुधारका लागि आर्थिक सुधार आयोग बनाएको र त्यसले दिएको सुझाव क्रमशः कार्यान्वयन गर्ने बताए । बजेटबाट हुने काम बजेट, कानुनबाट हुने काम कानुनबाट सुधार गर्ने बताए । यस्ता सुधार नगरेर देशको अर्थतन्त्र सुधार नहुने बताए ।






प्रतिक्रिया दिनुहोस्