Skip to content

संसदमा अर्थमन्त्री पौडेलद्वारा बजेटको सिद्धान्त र प्राथमिकता पेस

nabil bank

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सरकारले संसद्मा पेस गरेको छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् ।

पाैडेलले संसद्ले पारित गरेको नीति तथा कार्यक्रमअनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए । उनले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सवल अर्थतन्त्र निर्माण गर्ने,उत्पादनमुखी विकासको ढाँचा अबलम्वन गर्ने, उद्यमशिलता र उत्पादकत्व अभिवृद्धि गर्ननविनतम प्रवृतिको प्रयोगलाई प्रबर्द्धन गरिने बताए ।

उनले अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने,निजी क्षेत्र मैत्री,प्रतिस्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताए । अर्थमन्त्री पौडेलले समाजवाद उन्मुख अर्थतन्त्रको आधार शिला तयार बनाउने बताए । उनले सन्तुलित र समावेश विकासका लागि संघ प्रदेश र स्थानीय तह तथा साझेदारी ,निजी,सहकारी र समुदायबीचको सहकार्यलाई समन्वय र सुदृढ बनाइने बताए ।

उनले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीलाई बजेट कार्यान्वयनको मुख्य आधार बनाइने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime