Skip to content

चालु खाता २ खर्ब बढीले बचतमा, शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्बले बचतमा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा नेपालको चालु खाता २ अर्ब १० अर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ९ महिनासम्मको अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रूपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ९६ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ६ अर्ब ४९ करोड रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६५ अर्ब १६ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime