Skip to content

विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब, १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशी विनिमयको सञ्चिति २४ खर्ब २६ अर्बभन्दा माथि पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्रको सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।

२०८१ असार मसान्तमा २ खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१३६ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा .१९२ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई २९० अर्ब ३८ करोड रूपैयाँ कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime