Skip to content

राजनीतिक अस्थिरताले सोचेजस्तो काम हुनै सकेन : पूर्व अर्थमन्त्री महत

nabil bank

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशसरण महतले राजनीति अस्थिरताले सोचेजस्तो काम हुन नसकेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेतृत्व परिवर्तनसँगै कर्मचारीहरु पनि परिवर्तन हुने भएकाले काम गर्नका लागि निकै समस्या भएको उनको भनाइ थियो । सबै काम एकै पटक सम्पन्न गर्न नसकिने भएकाले नेतृत्वले गर्न सकिने कामको विषयमा जानकारी गराएर अघि बढ्नु पर्ने उनेको सुझाब थियो । अहिले चर्चाका लागि मात्रै काम भइरहेकाले काम पुरा नहुँदा सरकारप्रति जनताको विश्वास कम भएको छ ।

देशमा वस्नै हुँदैन भन्ने भाष्य निर्माण हुनको कारण नै सबैलाई खुसी पार्न खोज्नुनै मुख्य कारण रहेको उनको भनाइ थियो । स्रोत साधनको प्रयोग गरेर निश्चित समयमा काम गर्न सकिन्छ भनेर विश्वास दिलाउनु पर्ने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime