Skip to content

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः पूर्वअर्थमन्त्री महत

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा धारण राख्नुहुँदै सांसद एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उनले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन सक्दैन भने ।
सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पुर्याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिए।
निजी क्षेत्र मैत्री र प्रतिस्पर्र्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने, विभिन्न तहको सरकारमा समन्वय कायम गर्ने, सार्वजनिक वृत्तमा देखिएका विकृतिहरु हटाउने, पुँजीगत खर्चलाई प्राथामिकताको आधारमा खर्च गर्ने र निजी क्षेत्रलाई थप सुधारका कार्यक्रममार्र्फत् कानुनी संस्थागत सुधारमा निजी क्षेत्रको सहभागितालाई वृद्धि गर्ने र समाजिक सुरक्षालाई लक्षित रूपमा अघि बढाउनेलगायतको विषयवस्तु समावेश गरिएको उनको भनाइ छ ।
‘कुन–कुन क्षेत्रमा काम गर्न सकिन्छ र उनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ, कृषिमा प्राथमिकता दिने भनिए पनि कसरी दिने भन्ने विषयमा अझ छलफल हुन आवश्यक छ, भन्सारका विषयमा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सांसद महतले बताए। शिक्षा क्षेत्रको गुणस्तरीयतामा दौडनुभन्दा विश्वविद्यालय खोल्नतर्फ लाग्नुपर्ने उनको विचार छ ।
त्यसैगरी सांसद महतले हरेक पालिकामा अस्पताल सम्भव नभएको भन्दै दुई तीन पालिकाको अन्तरमा अस्पताल निर्माण गरिनुपर्ने बताए । सूचना प्रविधि क्षेत्रलाई प्रबर्द्धन गर्न जरुरी रहेको जनाउँदै उनले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गरिनुपर्नेमा जोड दिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi