Skip to content

राजस्व कार्यालय भद्रपुरद्वारा १० महिनामा २ अर्ब ६१ करोड राजस्व संकलन

nabil bank

भद्रपुर। आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो ९ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु २ अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिए । चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य उनले सुनाए ।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख रुपैयाँ, ब्याजबापत आठ करोड ६५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत रु ८६ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ’, प्रमुख कर अधिकृत काफ्लेले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime