Skip to content

बझाङ उपनिर्वाचनः कांग्रेस उम्मेदवार २४९ मतले अगाडि

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले दुई सय ४९ मतले अग्रता लिएका छन् । उनले सात हजार चार सय ८६ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi