Skip to content

लगानी सम्मेलनः पहिलो दिन २ हजारभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न

nabil bank
k|d k|r08nufot ;Dd]ng ;xefuL sf7df8f}F, !^ j}zfv M g]kfn ;/sf/åf/f cfOtaf/ sf7df8f}Fdf cfof]lht b'O{ lbj;Lo t];|f] nufgL ;Dd]ngdf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Únufut :jb]zL tyf ljb]zL cltlyu0f . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे ।

उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्नुहुँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।

लगानी सम्मेलन सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै अर्थमन्त्री वर्षमान पुनले लगानी प्रवद्र्धन र कानुनी सुधारको सन्देश लगानीकर्तासम्म पु(याउन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र सरोकारवालाबीच विचार आदान–प्रदान र सहकार्यका लागि सम्पर्क विस्तार गर्ने महत्वपूर्ण अवसर जुटाएको उनको भनाइ छ । लगानीकर्ताबाट सुझाव लिने महत्वपूर्ण प्लेटफर्मका रूपमा सम्मेलन फलदायी रहेको पुनले बताए ।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरुले निजी लगानीलाई प्रोत्साहित गर्न प्रतिबद्ध रहेको बताए। उद्घाटन सत्रमा नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङ, नेपालका लागि भारतीय महामहिम राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे।

युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, आइटिसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गरेका सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरेका थिए ।

त्यसैगरी, एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्रलगायत विशिष्ट व्यक्तिहरूले सम्बोधन गरे ।

सम्मेलनका सहआयोजक निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले सम्बोधन गरेका थिए।

उद्घाटन सत्रपश्चात् दुई मुख्य सत्र ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन गरिएको थियो । सम्मेलनका क्रममा आजै दुईवटा सम्झौता भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच पनि द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाईले सम्झौतामा हस्ताक्षर गरे । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू सम्पन्न भएका छन् ।

यसका अतिरिक्त प्रधानमन्त्री दाहालले आज विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभएको छ । आजै सम्मेलनका सहभागीहरूका लागि स्वागत रात्रि भोज आयोजना गरिएको थियो ।

सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ व्यक्ति सहभागी हुनुभएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सहभागी मध्ये छ सय ८० व्यक्ति विदेशी छन् । त्यसमध्ये एक सय ८६ जना भारतका र दुई सय चालिस जना चिनियाँ रहेका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल ९प्रदर्शनी कक्ष० राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime