Skip to content

मन्दिरका कारण विवादमा आएका युट्युबरको एक महिनाको कमाई सात अर्ब रुपैयाँ

nabil bank
एजेन्सी । विश्व चर्चित युट्युबर र उद्यमी मिस्टर बीस्ट मेक्सिकोको प्राचीन माया सभ्यताको मन्दिरमा खिचिएको भिडियोका कारण विवादमा तानिएका छन् । ‘आई सर्वाइभ्ड १०० आवर्स इन एन एन्सिएन्ट टेम्पल’ नामक भिडियोमा उनले मेक्सिकोको पुरातात्विक स्थल प्रयोग गरेका थिए । जसलाई लिएर उनीमाथि राष्ट्रिय पुरातत्व संस्थानले मुनाफाका लागि सांस्कृतिक सम्पदा प्रयोग गरेको आरोप लगाएको हो ।
तर मिस्टर बीस्टले सबै आरोप अस्वीकार गर्दै भनेका छन्, “हामीले मेक्सिकन र माया संस्कृतिको सम्मान गरेका छौं र यो भिडियो विश्वभरका दर्शकलाई उनीहरूको संस्कृति देखाउने उद्देश्यले बनाइएको हो ।” उनले दाबी गरेका छन् कि उक्त भिडियो सरकारी अधिकारी, पुरातत्वविद् र साइट प्रतिनिधिहरूको उपस्थितिमा खिचिएको थियो ।
आठ हजार पाँच सय करोड रुपैयाँको सम्पत्तिका मालिक, सबैभन्दा बढी आम्दानी गर्ने युट्युबरमा पर्छन् । सन् २०२४ मा मिस्टर बीस्ट केवल २६ वर्षकै उमेरमा अर्बपति बनेका थिए । अहिले उनको अनुमानित सम्पत्ति १३ हजार ६०० करोड रुपैयाँ रहेको छ । फोब्र्सको २०२४ को सूचीअनुसार उनी वर्षको सबैभन्दा बढी आम्दानी गर्ने युट्युबर बनेका छन् । ‘सेलेब्रिटी नेट वर्थ’का अनुसार उनी विश्वकै आठौं कान्छा अरबपति हुन् ।
उनी प्रत्येक महिना करिब ६८३ करोड कमाउने गर्छन् । युट्युबमा उनको च्यानलमा ३९६ मिलियन सब्सक्राइबर छन् भने अन्य सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा ५० मिलियनभन्दा बढी फलोअर्स छन् ।
१२ वर्षको उमेरमै युट्युब यात्रा सुरु
मिस्टर बीस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो। उनी सन् १९९८ मे ७ मा अमेरिकाको कन्सासमा जन्मिएका थिए । केवल १२ वर्षको उमेरमा ‘मिस्टरबिस्ट६०००’ नामक युट्युब च्यानल खोलेका उनले सुरुमा भिडियो गेम खेल्ने, अन्य युट्युबरको कमाइ कति हुन्छ भन्ने बारे भिडियो बनाउँथे । तर सन् २०१७ मा उनले बनाएको १ लाख गन्ती गर्ने भिडियो भाइरल भएपछि उनी चर्चामा आए ।
फेब्रुअरी २०२५ मा एक पोडकास्ट अन्तरवार्तामा मिस्टर बीस्टले भनेका थिए, “म कागजमा त अर्बपति हुँ, तर मेरो बैंक खातामा १० मिलियन डलर पनि छैन ।” उनले मासिक खर्च अनुसार आफूलाई सानो तलब दिने उल्लेख गरेका थिए ।
सन् २०१९ मा उनले ट्वीट गर्दै भनेका थिए, “म पैसाको पछि लाग्छु, तर मर्नु अघि सबै दान गरिदिन्छु ।” सन् २०२३ मा फेरि एक अन्तर्वार्तामा उनले धनी मानिसहरूले अरुको सहयोग गर्नु पर्छ भन्दै आफूले सम्पूर्ण सम्पत्ति दान गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेका थिए ।
मिस्टर बीस्टले चर्चित लेखक जेम्स प्याटरसनसँग मिलेर सन् २०२६ मा सार्वजनिक हुने एक थ्रिलर उपन्यासको घोषणा गरेका छन् । उनले समुद्री फोहोर सफा गर्ने र गरिबलाई खाना दिने कार्यक्रम जस्ता परियोजनाबाट अन्तर्राष्ट्रिय प्रशंसा कमाएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime