Skip to content

लेखा समितिद्वारा उजुरीसम्बन्धी प्रतिवेदन १ महिनाभित्र बुझाउन उपसमितिलाई निर्देशन

nabil bank
सिंहदरबारमा बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एक महिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए ।

समितिले उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा ९ वटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो । समितिमा ४८ उजुरी परेको थियो । ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो ।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरुले सम्यमित भएर प्रस्तुत हुन आग्रह गरेका थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime