काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन करिब ६१ अर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रि तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उपभोक्ता मूल्यको करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ कुल गार्हस्थ उत्पादन हुने अनुमान गरिएको हो ।
तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको ३६.५२ प्रतिशत हिस्सा बागमती प्रदेशको रहेन अनुमान गरिएको छ । त्यस्तै सबै भन्दा कम कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै कोशी प्रदेशको १९.९० प्रतिशत, लुम्बिनीको १४.२३ प्रतिशत, मधेशको १३.१६ प्रतिशत, गण्डकीको ८.९८ प्रतिशत र सुदुरपश्चिम प्रदेशको ७.ण्३ प्रतिशत रहने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/०१ को तुलनामा कुल गार्हस्थ उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिमको योगदानको सिमा घटेको छ भने मधेश र बागमतीको योगदान बढेको छ ।






प्रतिक्रिया दिनुहोस्