काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । हिजाे बजारमा छापावाला सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतीतोला १ हजार ९ सय ९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला २ हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।






प्रतिक्रिया दिनुहोस्