काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ ।
भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयमा छलफल भएको हो ।
भेटका क्रममा डा. केसीले समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गरे ।
गर्भनर प्रा.डा. पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताए ।
लामो समयदेखि माग गर्दै आएका नीतिगत सुधारका पहलहरु सम्बन्धमा पनि पत्रमार्फत जानकारी गराइएको थियो ।






प्रतिक्रिया दिनुहोस्