काठमाडौं । अर्थ मन्त्रालयका अनुसार सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा आर्जन गरेका छन् भने १५ वटा घाटामा छन् ।
मन्त्रालयले संस्थानको बार्षिक स्थिती समिक्षा सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड १६ लाख पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम भएको जनाएको छ ।
नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड ६५ लाख रहेको छ । नाफामा रहेका संस्थानहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरुको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।






प्रतिक्रिया दिनुहोस्