Skip to content

विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ

nabil bank
k|d k|r08nufot ;Dd]ng ;xefuL sf7df8f}F, !^ j}zfv M g]kfn ;/sf/åf/f cfOtaf/ sf7df8f}Fdf cfof]lht b'O{ lbj;Lo t];|f] nufgL ;Dd]ngdf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Únufut :jb]zL tyf ljb]zL cltlyu0f . tl:a/ M k|bLk/fh jGt÷/f;;

 

काठमाडौं । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।
तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए । त्यस क्रममा उनीहरुले सरकारले हालैमात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताए । यस्तै उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे । सम्मेलन उदघाटन सत्रमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरुको संकेत थियो । उनीहरुले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए । नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ थियो । बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा। रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime