Skip to content

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालको नयाँ कार्यसमिति गठन

nabil bank

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालको प्रथम औपचारिक बैठक वैशाख १५ गते शनिबार सम्पन्न भएको छ। ललितपुरको झम्सिखेल टोकियो रामेन हाउस रेस्टुरेन्टमा सो बैठकले सेफ लालबहादुर बिस्वकर्मा कौशलको अध्यक्षतामा प्रथम औपचारिक १९ सदस्यीय नयाँ कार्यसमिति तयार गरिएको छ।

अन्तर्राष्ट्रिय सेफ सोसाइटी विश्वभरका नेपाली भान्छेहरुलाइ एकीकृत गर्दै नेपाली खानाको प्रचार प्रसार, खानाको स्तरोन्नति साथै नेपाली भान्छेहरुलाइ एकिकृत गर्दै नेपाली सेफहरुको ब्यक्तित्व विकासमा सस्थागत रुपमै एकढिका भइ लागेको अध्यक्ष लालबहादुर बिस्वकर्मा कौशलले बताए।

कौशलले भने, ‘तपाईं सेफ (भान्छे) हुनुहुन्छ, हाम्रो अभियानमा हातेमालो गर्न चाहनुहुन्छ भने आउनुस हातमा हात, साथमा साथ र काँधमा काँध मिलाएर उद्वेश्य परिपुर्तिको लागि जुटौ। हामी अभियानमा छौ र हामीलाइ हजुरहरुको साथ सहयोग सल्लाह हौसलाको आवश्यक छ। त्यसैले त हजुरहरुसग हातेमालो गर्न आतुर छौ।’

सो बैठकबाट अध्यक्षमा लाल बहादुर बिस्वकर्मा कौशल, प्रथम उपाध्यक्षमा वसन्त राई, उपाध्यक्षहरुमा शिव हरि घिमिरे, चन्द्रबहादुर घले, प्रसाह कटवाल, महासचिवमा गिरिराज भट्ट, सचिवमा पुस्कर पनेरू, कोषाध्यक्षमा बिमल मगर, सह कोषाध्यक्षमा बिष्णु खत्री पदाधिकारीका रूपमा कार्यसमितिमा छन्।

साथै सदस्यहरुमा गोबिन्द राई, बासु सत्याल, श्रीकृष्ण केसि, किशोर रेग्मी, दुर्गा कुमार राई, नविन थापा, सन्तोष केसी, लक्ष्मण घिमिरे, ऋषिराम कौशल र रामकुमार खड्का छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi