काठमाडौं । संसद्मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको दिवा खाजा कार्यक्रका लागि १० अर्ब १९ करोड रकम विनियोजन गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलका अनुसार २८ लाख विद्यार्थी दिवा खाजामा समेटिने छन् । त्यसैगरी छात्राका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिएको उनले बताए ।
प्याडका लागि १ अबै २९ करोड रकम विनियोजन गरिएको छ । १३ लाख विद्यार्थीले लभान्वित हुने मन्त्री पौडेलले बताए ।






प्रतिक्रिया दिनुहोस्