काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका बारेमा निजी क्षेत्रका प्रतिनिधिले भने फरक फरक खालको प्रतिकृया दिएका छन् ।
सरकारको बजेट भन्दा पनि यसको कार्यान्वयनको पक्षलाई बढी ध्यान दिन आवश्यक ठानेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बजेट जस्तो भए पनि कार्यान्वयन महत्वपूर्ण हुने बताउँछन् ।
बजेट कार्यान्वयन सरकारको प्राथमिकतामा पर्नुपर्ने उनको सुझाव छ । यो बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको उनको बुझाइ छ । यो बजेटले निजी क्षेत्रलाई बढी प्राथमिकता दिएको उनको बुझाइ छ ।
यो बजेटले निजी क्षेत्र उत्साहित भपनि राजस्वको लक्ष्य भेटन कठिन रहेको उनको बुझाइ छ । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जालाई व्यवस्थापन गर्न एसेट्स म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने विषय निकै सकारात्मक भएको बताए। यो सरकारले व्यक्तिगत आयकरको दर घटाउन र कर छुटको सिमा बढाउन सकेको भए प्रभावकारी हुने उनको बुझाइ छ ।
बजेटले यो विषय नसमेटदा मध्यमवर्ग मानिसमा उत्साह देखिएको छैन । बजेटमा महासंघले दिएका सुझाव समावेश भएको बताए । महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले यो बजेट सरसर्ती हेर्दा केही रियाालिस्टीक देखिएको बताए । बजेटमा ‘कर्मचारी सञ्चयकोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ ।
यस अन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्द्रहरूमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने’ भनिएको छ । यसले रियल सेक्टरमा केही सुधार हुने देखिएको बताए । सरकारले बृद्धभत्ताको उमेर बढाउँनु सकारात्मक विषय भएको बताए ।
महासंघको उद्योग समितिको सभापति एंव उद्योगी राजेशकुमार अग्रवालले सरकारले ल्याएको बजेटले राजस्व संकलनमा लक्ष्य भेटन नसक्ने बताए । यसमा सरकारले ध्यान दिन नसकेको उनको बुझाइ छ । अन्य विषयमा लाई हेर्दा सरकारले केही गर्न खोजेको जस्तो देखिएको अग्रवालको भनाइ छ । यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेट कार्यान्वयनमा प्रश्न गरे ।
सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्दै यसलाई चिर्न डेडलाइन तोक्नुपर्ने उनको भनाइ छ । यो सरकारले बजेट मार्फत आन्तरिक ऋण र अनुदानमा लिइएको लक्ष्य चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यो बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन खोजेको उनको बुझाइ छ ।






प्रतिक्रिया दिनुहोस्