Skip to content

बजेटले धेरै कुरा सम्बोधन गरेको छ : सांसद् विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद् तथा अर्बपति व्यवसायी विनोद चौधरीले बजेटले धेरै कुरा सम्बोधन गरेको बताएका छन् । बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं धेरै विषय सम्बोधन गरेको बताए ।

उनले सञ्चारकर्मीसँग भने ।

मैले बजेटलाई सकारात्मक रुपमा लिएको छु । अर्थ समिती होस् वा अन्य कार्यक्रममा, मैले उठाउदै आएका धेरै विषयहरु बजेटमा समेटिएको छ। आइटी क्षेत्रलाई प्रोत्साहन गरेको छ। पर्यटन, होटल व्यवसायको समस्यालाई सम्बोधन गरेको छ। साना साना कार्यक्रममा कनिका छरेर बजेट ल्याउने विगतको अभ्यास बन्द गरेर ठुल परियोजना र पुराना कार्यक्रमलाई प्राथमिकता दिइएको छ। युवा उद्यमशीलतालाई प्रश्रय र डिजिटल बैन्किङजस्ता विषयहरु समेटिएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा हुने सवारी आवतजावतको कठिनाइलाई मध्यनजर गरी दुम्किबास(बर्दघाट सुरूङ्ग मार्गका लागि श्रोत व्यबस्थान गरी निर्माण कार्य अगाडी बढाउने सरकारको घोषणाले म अत्यन्तै हर्षित छु । घोषणा अनुरूप कार्यको यथशिघ्र थालनी र सम्पन्न होस् भन्ने अपेक्षा समेत गर्दछु । अर्थमन्त्रीज्यूले अहिले अर्थतन्त्रले भोगिरहेका समस्या सम्बोधन गर्ने गरि बजेट ल्याउनुभएको छ। अत्यन्तै व्यवहारिक बजेट आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi