Skip to content
Prabhu

अमेरिकी डलर, यूरो र पाउण्डको भाउ बढ्यो, अरु मुद्राको मूल्य कति तोक्यो आज राष्ट्र बैंकले ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ०८ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ८३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ २० पैसा र बिक्रीदर १४६ रुपैयाँ ८३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४६ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८ रुपैयाँ ५८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ रुपैयाँ ६२ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २२ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ १० कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal