Skip to content

नेपालको निकासी व्यापारमा भारतको नीतिले लाग्यो धक्का, १ खर्बको व्यापार प्रभावित हुने

काठमाडौं । नेपालको निकासी व्यापारमा भारतले लिएको नीतिले धक्का लागेको छ ।

भारतले खाने तेलको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

भारतले खाने तेलको ५० प्रतिशत आयातबाट पूर्ति गर्दै आएको छ ।

पीटीआईका अनुसार भारतका खाद्य संजीव चोपड़ा अनुसार सरकारले कच्चा पामको तेल, कच्चा सोयाबीन तेल र कच्चा सूरजमुखी तेलमाथिको आधारभूत कस्टम शुल्क १० प्रतिशतले घटाएको छ। यस योजनाको उद्देश्य भारतीय भान्छामा तेलको लागत घटाउनु रहेको छ ।

रिपोर्टअनुसार, कच्चा खाद्य तेलहरूमा प्रतिबन्धित शुल्क २० प्रतिशतबाट १० प्रतिशतमा घटाइएको हो। संशोधित दर सम्बन्धि सूचना शुक्रबार जारी गरिएको हो
यी तीन उत्पादनहरूमा लागु हुने प्रभावकारी आयात शुल्क, जसमा आधारभूत कस्टम शुल्क र अतिरिक्त शुल्क समावेश छ, अहिले १६।५ प्रतिशत रहेको छ, जुन पहिलेको २७.५ प्रतिशतबाट घटेको हो ।
नेपालबाट भारत जाने बस्तुमा साफ्टा अन्तगर्त भन्सार शुल्क छ । अब यस्तो तेल उत्पादन हुने देश इन्डोनेसिया,मलेसिया लगायतका देशबाट नै कच्चा पदार्थ आयात गर्दा सस्तो हुँदा नेपालको निर्यात व्यापार प्रभावित हुने भएको हो । नेपालले बैशाख मसान्तसम्म करिब एक खर्बको भटमास,सुर्यमुखी र पाम आयालको निर्यात भारतमा गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T