काठमाडौं । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले यो बजेटले ४ हजार ६ सय आयोजना कटौती गरेकोमा खुसी ब्यक्त गरेका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन) द्वारा ’पोस्ट बजेट– ए होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले ल्याएको बजेटमा ४ हजार ६ सय आयोजना कटौती हुनु राम्रो भएको तर यो अझै कम भएको बताए ।
यसमा शिर्षकगत खर्च आएपछि मात्रै कुन कस्तो रहेछ भनेर थाहा हुने बताए ।
उनले यो पनि अपुर्ण भएको बताए । लोकप्रियता हुने प्रवल चाहनाले भविश्यमा अलोकप्रिय बनाउने बताए । तत्काल अलोकप्रिय भएपनि भविश्यमा लोकप्रिय हुने बताए । तीन करोड भन्दा साना आयोजना संघले नगर्ने निर्णय आफुले गर्न खोजेको भएपनि काम गर्न नसेको बताए ।
यस्तै प्रदेशले १ करोड भन्दा साना आयोजना बनाउन नहुने बताए । यस्ता आयोजनाको ठेक्का लगाउनै पर्ने उनको भनाइ छ । केन्द्रले गरेको सहयोग अनिवार्य रुपमा ठेक्का लगाउनु पर्ने बताए । यो भयो भने अनियमितता कम हुुने धारणा राखे ।
कार्यक्रममा उनले निजी क्षेत्रलाई प्रशंसाको छडी लगाउने गरेको भन्दै यसमा केही कठोर हुनुपर्ने बताए ।
कार्यक्रममा उनले अग्रिक कर हटाउनु राम्रो भएको बताए । उनले कृषिको क्षेत्रमा उत्पादन देखाएर मात्रै अनुदान दिनुपर्ने बताए । महतले खनाल आयोगले हटाउनु भनेको निकाय सरकारले बजेट मार्फत हटाउन नसकेको बताए ।
उनले मौद्रिक नीतिले इकोनोमी ग्रोथलाई सहयोग गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रमा सरकारले लगानी गर्न नहुने सुझाव दिए । यसको निजी क्षेत्रले लगानी गर्नुपर्ने बताए । आयोजनामा लगानी गर्ने विषयमा विद्युत प्राधिकरणले लोभ गर्न नहुने सुझाव दिए ।
महतले वायु सेवा निगमको धेरै हिस्सा विदेशी साझेदारलाई दिनु पर्ने धारणा राखे ।






प्रतिक्रिया दिनुहोस्