Skip to content

लोकप्रिय हुने खालको हैन यथार्थपरक बजेट ल्याएको छु, अहिले घरघरमा चर्चा छः अर्थमन्त्री पौडेल

nabil bank

काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफु लोकप्रिय हुने खालको भन्दा पनि यथार्थपरक हुने बजेट ल्याएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा ’पोस्ट बजेट–ए होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा यस्तो बताए । एमालेको सरकारहोस वा एमाले सहितको सरकार होस लोकप्रिय बजेट ल्याउने मानक रहेको उल्लेख गरे ।
यो पटक लोकप्रिय हुने बजेट भन्दा पनि यथार्थ बजेट ल्याएको बताए । ‘कस्तो कार्यक्रम, कस्तो योजना छनोट गर्दा लोकप्रिय भइन्छ भन्ने होइन के गर्दा अनुशासित भइएला, के गर्दा स्रोत व्यवस्थापनको दायरा बढाउन सकिएला भन्नेमा केन्द्रित भएको छु’ उनले भने ।

यो बजेटका बारेमा घरघरमा चर्चा हुने गरेको उल्लेख गरे । उनले आफुले यो पटक लोकप्रिय हुने भन्दा पनि अनुशासित बजेट ल्याएको बताए । ‘बजेट निर्माण गर्दै गर्दा अर्थमन्त्री संयमित हुनुपर्ने, अनुशासित हुनुपर्ने अवस्था थियो’ उनले भने ‘त्यो बारेमा हेक्का राख्नुपर्ने थियो । स्रोत व्यवस्थापन गर्नुपर्ने थियो । देखापरेको समस्यालाई हेर्नुपर्ने थियो । त्यसमा ध्यान दिएर बजेट बनाएको हुँ ।’

बजेटमा सृजनशिल युवाको माग सम्बोधन गर्न खोजेको बताए । देशको अर्थतन्त्रलाई चलायमान गराउन खोजेको उनको भनाई छ । उत्पादन बृद्धि रोजगारी सृजनामा अनुकुल बातावरण सृजना गर्न सहयेग हुने बताए ।
बजेटको प्रभावकारी कार्यान्वयन गर्न आफु प्रयत्न गर्ने जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime