Skip to content

विश्व बैंकद्वारा क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र प्राकृतिक विपत्तिमा ३ खर्ब ६८ अर्ब लगानी गर्ने

nabil bank

काठमाडौं । विश्व बैंकले नेपालमा क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र प्राकृतिक विपत्तिमा ३ खर्ब ६८ अर्ब ३ करोड ६१ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

विगत ६० वर्षदेखि विश्व बैंकले कन्ट्री पार्टनरसिप फ्रेमवर्क कार्यक्रम गर्दै आएको छ। विश्व बैंकले आगामी सात वर्षसम्म सहयोगका कार्यक्रम कायमै राख्ने जनाएको छ । आगामी ७ वर्षसम्म सञ्चालन हुने कार्यक्रम केही ऋण र केही अनुदानबाट सञ्चालन हुनेछन् ।

विश्व बैंकको कार्यकारी निर्देशकहरू रहेको बोर्डले नेपालको सन्दर्भमा सात वर्षको लागि तयार गरेको कन्ट्री पार्टनरसिप फ्रेमवर्क तयार पारेको जनाएको छ । कन्ट्री पार्टनरसिप फ्रेमवर्क कार्यक्रमबाट १३ लाख विद्यार्थीले राम्रो शिक्षा प्राप्त गर्ने सक्ने, दिगो यातायात पूर्वाधारबाट २१ लाख मानिस लाभान्वित हुने, २२ लाख मानिसको विद्युतमा पहुँच पुग्ने अपेक्षा गरेको जनाएको छ ।

विश्व बैंकले नेपालका काम गर्न सक्ने उमेरका एकतिहाइ जनसंख्यामा शिक्षाको कमी रहेको जनाएको छ । श्रम बजार, शिक्षा वा तालिम कार्यक्रमहरूमा ४७ प्रतिशत युवतीहरू जोडिन नसकेको र २२ प्रतिशत पुरूषहरू यस्ता कार्यक्रममा सहभागी हुन सकेका छैनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime