Skip to content

कपडा उद्योग खोल्दै भाटभटेनीका मिनबहादुर गुरुङ र कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ

nabil bank

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र नेपाली कांग्रेस कोषाध्यक्ष एवम् पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले संयुक्त लगानीमा कपडा उद्योग सञ्चालन गर्न लागेका छन् ।

गुरुङ र श्रेष्ठको संयुक्त लगानीमा औद्योगिक नगरी रुपन्देहीमा कपडा उद्योग सञ्चालन हुन लागेको हो ।

आज बुधबार गुरुङ र श्रेष्ठले नेपाली गार्मेन्ट्स (कपडा) उधोग सञ्चालनका लागि भुमी पुजन तथा जग पुजा गरेका छन् ।

गुरुङ र श्रेष्ठले यो उद्योगमा संयुक्त रुपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ । यो उद्योग करिब ९ महिनाभित्र सञ्चालनमा ल्याइने बताइएको छ ।

उद्योगले करिब एक हजार मानिसलाई रोजगारी दिनेछ ।

उद्योगबाट उत्पादन हुने कपडा स्वदेशमा खपत हुनुका साथै भारत, युरोप, अमेरिका लगायतका देशमा निर्यात गरिने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime