Skip to content
Prabhu

मंगलबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस २ हजार ३२८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal