Skip to content
Prabhu

व्यासमा सडक स्तरोन्नतिको सम्झौता

दमौली । जिल्लाको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सोमबार सम्झौता गरेको हो ।

विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने उक्त मार्ग कालोपत्रका निम्ति सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उक्त सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । १० दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्रे, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएलसँग सम्झौता भएको छ ।

संरचना हटाउन आनाकानी

दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन–पोखरा सडक विस्तारमा समस्या भएको छ । धुलोले बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ । आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड)सम्मको विस्तारमा व्यास नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन ।

वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘कतिपय मुआब्जाका लागि आवेदन गर्न आएका छैनन् ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal