Skip to content

नेपाल–भारत उद्योग वाणिज्य संघको ‘‘इन्भेष्टि· ईन नेपाल’’ नामक हाते पुस्तक तेश्रो नेपाल लगानी सम्मेलनमा २०२४ लोकार्पण

nabil bank

काठमाडौं ।  नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानीकर्ताहरुको सहजतालाई मध्येनजर गरेर तयार गरिएको ‘इन्भेष्टि· ईन नेपाल’ नामक हाते पुस्तक तेश्रो नेपाल लगानी सम्मेलन २०२४ को दोश्रो दिन अर्थमन्त्री बर्षमान पुन, भारतीय राजदूतावासका डेपुती चीफ अफ मिशन प्रसन्न श्रीवास्तवा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्षसृजना राणाले सार्वजनिक लोकार्पण गरे ।

उक्त हाते पुस्तकमा नेपालमा लगानी गर्न ईच्छुक भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नको लागी अपनाउनु पर्ने प्रक्रियाहरु तथा सम्बन्धित निकायहरु लगायत बिदेशी लगानीसंग सम्बन्धित बिभिन्न नेपालको ऐनहरुको जानकारीहरु एकीकृत रुपमा समावेश गरिएको छ ।

जसमा नेपाल सरकारले नेपालमा बिदेशी लगानी भिÊयाउनका लागी संशोधन गर्न आवश्यक भएका ९ वटा ऐनहरुको हालै अध्यादेश मार्फत संशोधन गरी राष्ट्रपतिबाट २०८१ साल बैशाख १६ गते लालमोहर भई आएका ९ वटा संशोधित ऐनहरु समेत समावेश गरिएको छ जसले आगामी दिनहरुमा मित्रराष्ट्र भारतबाट नेपालमा लगानी गर्न ईच्छुक  लगानीकर्ताहरु लाभान्वित हुने तथा आगामी दिनहरुमा भारतबाट नेपालमा आउने लगानीको मात्र बृद्धि हुनेमा उक्त पुस्तक सहयोगी रहने अपेक्षा संघले गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi