काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आवका लागि उक्त रकमको बजेट ल्याएका हुन् ।
बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पूँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपैयाँ रहेको छ ।
चालु आवको तुलनामा आगामी आवको बजेट १.१७ प्रतिशत धेरै हो ।






प्रतिक्रिया दिनुहोस्