Skip to content

वीरगञ्ज भन्सारले गर्यो ११ महिनामा १ खर्ब ५८ अर्ब राजस्व संकलन

nabil bank

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिए । ‘‘विगत एघार महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’ उनले भने, ‘‘राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।’
कार्यालयले साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैया, असोजमा १३ अर्ब ४७ करोड रुपैया, कात्तिकमा ११ अर्ब १० करोड रुपैया, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड रुपैया, माघमा १४ अर्ब ४४ करोड रुपैया राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व रुपैयाँ सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो ।
भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime