काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँले घटाएको हो।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ पुगेको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ ।
पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ । निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ बढाएर १३७ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलो लिटर ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्