Skip to content

बागमतीको बजेटः मकवानपुरगढी-सिन्धुलीगढी, कालिगण्डकी-कालिञ्चोक, गौरीघाट-गोसाईकुण्ड र रानीपोखरी-पाँचपोखरी जोड्ने

nabil
global ime

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्धनका लागि विभिन्न ऐतिहासिक, धार्मिक महत्वका क्षेत्रलाई जोड्ने नीति लिएको छ ।

बागमती प्रदेश सरकारले उच्च पहाडी क्षेत्र, हिमाली क्षेत्र र महाभारत पर्वत श्रृङ्खलामा रहेका पदमार्गको पहिचान र विकास गरी मकवानपुरगढीदेखि सिन्धुलीगढी, कालिगण्डकीदेखि कालिञ्चोक, गौरीघाटदेखि गोसाईकुण्ड र रानीपोखरीदेखि पाँचपोखरीसम्म जोड्ने जनाएको छ ।

बजेटले ऐतिहासिक एवम् धार्मिक महत्वका क्षेत्रहरूलाई जोडी पर्यापर्यटन र धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने जनाएको छ ।

प्रदेशमा रहेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवर्धन गरी बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय आकर्षण केन्द्रको रुपमा स्थापित गरी चितवनलाई प्रदेशको पर्यटन हबको रुपमा विकास गर्ने जनाएको छ ।

प्राकृतिक प्रकोप र विपद्ले नोक्सानी र क्षति मात्रै होइन अवसर पनि सिर्जना गर्छ भन्ने मान्यतालाई स्थापित गर्न विभिन्न घटना परिघटना एवम् प्राकृतिक घटनाले सिर्जित स्थानलाई स्मारकको रुपमा विकास गरी विपद् पर्यटन सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरेको बजेटमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima