काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा जवाफ दिँदै कुँवरले अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन् ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी अनियमिततामा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।
कुँवरले भने ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर, अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन । अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’
प्रतिक्रिया दिनुहोस्